पत्रकार साहमाथि अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा सांघातिक आक्रमण

फागुन ९ – प्राइम टेलिभिजनका सर्लाही जिल्ला संवाददाता तथा सौर्य अनलाइन खबरका प्रधान सम्पादक विपेन्द्र कुमार साहमाथि शुक्रबार सार्वजनिक रूपमा सांघातिक आक्रमण भएको छ।

सर्लाहीको पर्सा गाउँपालिका–२ का राजकपुर मण्डलले १०–१५ जनाको समूह लिएर मलंगवास्थित मालपोत कार्यालयभित्रै पत्रकार साहलाई कुटपिट गर्दै बाहिर लगेका छन्।

पत्रकार साहका अनुसार, मण्डलसँगको १५ लाख रुपैयाँको लेनदेन विवाद अदालतसम्म पुगेको थियो, जसमा उच्च अदालत जनकपुरसमेत साहको पक्षमा फैसला सुनाइसकेको छ। अदालतको आदेशअनुसार मण्डलको जग्गा दाखिल-खारिज गराउन गएका साहमाथि नै आक्रमण भएको हो।

मालपोत कार्यालयका प्रमुख, कर्मचारी तथा सेवाग्राहीहरूकै अगाडि भएको यस घटनाले कानून कार्यान्वयनको स्थितिलाई प्रश्नचिह्न खडा गरेको छ। प्रेस संगठन, नागरिक समाज तथा अधिकारकर्मीहरूले घटनाको कडा निन्दा गर्दै दोषीहरूलाई अविलम्ब कारबाहीको माग गरेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय