हरिपुर्वा सब-स्टेशनबाट विधिवत् रूपमा लाइन प्रसारण सुरू

सर्लाही, फागुन ९ – हरिपुर्वा नगरपालिकामा रहेको सब – स्टेशनबाट बिहिवार देखि विधिवत् रूपमा विद्युत् प्रसारण सुरू गरिएको छ।

सब-स्टेशन सञ्चालनमा आएपछि हरिपुर्वा नगरपालिकाका सबै वडासहित सोकनाहा र पर्सा गाउँपालिकाका विभिन्न स्थानहरू—सितलपुर, सङ्ग्रामपुर, र नारायणपुरमा विद्युत् आपूर्ति सुरू गरिएको छ।

विद्युत् प्रसारणको दायरा विस्तार गर्ने क्रममा शुक्रबार देखि जिङ्गरवा, पर्सा, र कबिलासी क्षेत्रमा पनि विद्युत् सेवा उपलब्ध गराइने छ। स्थानीय बासिन्दाहरूले अब निर्बाध रूपमा विद्युत् सेवा पाउने आशा गरिएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय