सर्लाहीमा सवारी सुरक्षाका लागि चालकहरूको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण

सरोज यादव । सर्लाही ७, फाउन – ७५ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, ईश्वरपुर नगरपालिका, तथा आँखा उपचार केन्द्र ईश्वरपुर सर्लाहीको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी उप-शाखा ईश्वरपुर तथा इलाका प्रहरी कार्यालय केशरगन्ज सर्लाहीको सहकार्यमा सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि चालक तथा सह-चालकहरुको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा १५३ जना चालक तथा सह-चालकको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखामा समस्या देखिएका ४३ जनालाई निःशुल्क चस्मा र १०० जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो।

उक्त कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरे, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशी, आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनाली, ईश्वरपुर नगरपालिका-९ का वडा अध्यक्ष नन्दलाल चौधरी, ईश्वरपुर नगरपालिका-१० का वडा अध्यक्ष रास नारायण चौधरी, विभिन्न यातायात व्यवसायका प्रतिनिधि लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय