सर्लाही, फाल्गुन ७ – ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख श्री कौशल किशोर सिंहको संयोजकत्वमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। यस अवसरमा जिल्लास्तरीय मूल समारोह समिति गठन गरिएको थियो।
कार्यक्रमका अन्तर्गत प्रभात फेरी, झण्डोत्तोलन र मञ्च कार्यक्रम, रक्तदान, राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता लगायतका गतिविधिहरू सम्पन्न गरिएका छन्।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठले आफ्नो सम्बोधनमा फाल्गुन ७ गतेको दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा उत्सवका साथ मनाउन सबैलाई अनुरोध गर्दै प्रजातन्त्रको आन्दोलनमा योगदान पुर्याएका शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायतका शहीदप्रति श्रद्धाञ्जली अर्पण र सम्मान व्यक्त गर्नुभयो।



