सर्लाहीमा माघ महिनामा एक करोड बढिको भन्सार छली सामान बरामद

सर्लाही, फागुन २ – जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका विभिन्न प्रहरी इकाइहरूले माघ महिनाभर भन्सार छली तथा शंकास्पद बिल बिजक रहेको एक करोडभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेका छन्।

प्रहरीका अनुसार, सो अवधिमा १२ थान मोटरसाइकल, १ थान मिनी ट्रकसहित रु १,०६,२१,१२६ (एक करोड छ लाख एक्काईस हजार एक सय छब्बिस) बराबरको सामग्री बरामद गरिएको छ। बरामद गरिएका सामानहरू सर्लाही भन्सार कार्यालय मलंगवा तथा राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।

सर्लाही प्रहरीका अनुसार, भन्सार छली नियन्त्रण तथा राजस्व सुरक्षाका लागि विशेष निगरानी बढाइएको छ। जिल्ला प्रहरी प्रमुखले अवैध तस्करी तथा राजस्व चोरी रोक्न आगामी दिनमा थप कडाइ गरिने बताए।

यस प्रकारका अवैध गतिविधि नियन्त्रण गर्न नागरिकस्तरबाट पनि सहयोग आवश्यक रहेको भन्दै प्रहरीले कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सूचनाहरू उपलब्ध गराउन आग्रह गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय