सर्लाहीको बलरा र रामनगरमा ३०औं जनयुद्ध दिवस भव्य रूपमा मनाइयो

सर्लाही, फागुन १ – सर्लाहीको बलरा नगरपालिका र रामनगर गाउँपालिका नगर कमिटीले संयुक्त रूपमा ३०औं जनयुद्ध दिवस भव्य रूपमा मनाएका छन्।

कार्यक्रममा १० वर्षे जनयुद्धका क्रममा बलिदान दिएका सहिदहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। जनयुद्धका उपलब्धिहरूको चर्चा गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरिएको उक्त कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहा र रामनगर गाउँपालिकाका प्रमुख राजा बाबू यादव विशेष उपस्थित थिए।

उक्त अवसरमा विभिन्न वक्ताहरूले सहिदहरूको योगदानको सम्मान गर्दै मुलुकमा समावेशी लोकतन्त्र, सामाजिक न्याय, र समृद्धिको यात्रा अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। नगर प्रमुख कुशवाहाले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए भने गाउँपालिका प्रमुख यादवले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरू रक्षा गर्दै समाजमा समानता र विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कार्यक्रमले जनयुद्धको ऐतिहासिक योगदान स्मरण गर्दै भावी राजनीतिक कार्यदिशाबारे समेत जनचेतना अभिवृद्धि गरेको थियो।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय