जनमत पार्टीद्वारा “मिसन U 24” अभियान सुरु, सर्लाहीका २०० वडामा सक्रियता

अरोज यादव । सर्लाही, फागुन २९ – जनमत पार्टीले केन्द्रीय समिति बैठकमार्फत “मिसन U 24” अभियान सुरु गरेको छ। अभियानको उद्देश्य स्थानीयस्तरमा पार्टी संगठनलाई बलियो बनाउँदै पालिका, वार्ड र बुथ तहसम्म कमिटी निर्माण गर्नु रहेको छ।

जनमत पार्टीका सर्लाही जिल्ला इन्चार्जका अनुसार जिल्लाभरका २० वटा पालिका र २०० वटा वडामा यो अभियान सञ्चालनमा छ। अभियानअन्तर्गत जनतासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा संगठन विस्तारका गतिविधिहरू गरिनेछ।

पार्टीका नेताहरूले “मिसन U 24” लाई संगठन सुदृढीकरणका लागि महत्वपूर्ण भन्दै सबै कार्यकर्तालाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्। पार्टीको रणनीति अनुसार आगामी निर्वाचनलाई लक्षित गरी यो अभियान अघि बढाइएको जनाइएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय