नक्कली डिएसपी बनेर ठगी गर्ने युवक धनुषाबाट पक्राउ

धनुषा – आफूलाई नेपाल प्रहरीको डिएसपी भनेर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिरहा लाहान नगरपालिका-२० का ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई गणेशमान चारनाथ नगरपालिका-४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, साहले डिएसपी भएको नाटक गर्दै ५० हजार रुपैयाँ ठगेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो। अदालतबाट म्याद थप गरी अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय