कैलालीका ७ सीमा नाकाका प्रहरी इन्चार्ज फेरिए, कुन चौकीमा को ?

कैलाली । कैलालीका भारतसँग सीमा जोडिएका सात नाकाका सुरक्षा इन्चार्ज फेरिएका छन् ।सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले इन्चार्ज परिवर्तन गरेका हुन्। जस अनुसार रामपुर चौकीमा असई नरेन्द्र सिंह रैखोला आएका छन् ।कालाकुन्डामा वरिष्ठ सई नरेन्द्र चन्द, फल्टुडेमा वरिष्ठ सई बिसन भट्ट, त्रिनगरमा वरिष्ठ सई समुद्र केशर पन्त, फूलबारीमा वरिष्ठ सई चङ्ख कठायत, जुगेडामा वरिष्ठ सई नेत्र कठायत, हसुलियामा वरिष्ठ सई दिग्गज ठकुराठी र पृथ्वीपुरमा वरिष्ठ सई जीवन गुरुङ खटिएका छन् ।
यसअघि त्रिनगर चौकीका इन्चार्ज वरिष्ठ सई शैलेन्द्र चन्द फूलबारीको आसरा सुधार केन्द्रमा पठाइएका छन्। जुगेडाका सई राजेन्द्र बम धनगढी कारागारको इन्चार्ज बनेका छन् ।नेपाल–भारत सीमा सुरक्षा सुदृढ बनाउन सुदूरपश्चिम प्रदेश प्रहरी नेतृत्व परिवर्तनपछि चौकीहरूको नेतृत्वसमेत फेरिएको हो । भारतसँग सीमा जोडिएका स्थानबाट प्रहरीको मिलेमतोमा व्यापक तस्करी हुने गरेको समेत आरोप लाग्दै आएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय