सर्लाहीमा माओवादीको आम हड्ताल स्थगित, आन्दोलन भने जारी रहने

सर्लाही – सर्लाहीमा माओवादी केन्द्रले आजदेखि गर्ने भनिएको आम हड्ताल तत्कालका लागि स्थगित गरेको छ। बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि सरकारले झुटा वन मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी आन्दोलनरत थियो।

माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार आज सहिद दिवस र भोलि तामाङ समुदायको सोनाम ल्होछार पर्व परेकाले हड्तालसहितका कार्यक्रम स्थगित गरिएको हो। उनले भने, “हाम्रो पहिलो चरणको आन्दोलन सकिएको छ। सरकारको झुटा आरोप खारेज नभएसम्म आन्दोलन जारी रहनेछ।”

मेयर थापाले सुकुम्बासीका लागि जग्गा उपलब्ध गराएको भन्दै जिल्ला वन कार्यालयले उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको थियो। यसै विषयलाई लिएर माओवादी केन्द्रले सडक आन्दोलन गरिरहेको छ।

यसअघि माओवादीले मसाल जुलुस, मोटरसाइकल र्‍याली, राजमार्ग अवरोध, ज्ञापनपत्र बुझाउनेजस्ता चरणबद्ध आन्दोलन गरिसकेको छ। पार्टीले आगामी संघर्षका कार्यक्रम छिट्टै घोषणा गर्ने बताएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय