सर्लाही, माघ ११ – जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाही जिल्ला कार्यसमितिका अध्यक्ष बिरेन्द्रकुमार रायले पार्टी र पद दुबैबाट राजीनामा दिएका छन्। व्यक्तिगत कारण र जिल्ला कार्यसमितिको वर्तमान अवस्थालाई कारण देखाउँदै उनले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेका छन्।
२०७५ साल वैशाख २ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका रायले माघ ५ गते नै राजीनामा बुझाए पनि पार्टीले स्वीकार नगरेपछि शुक्रबार माघ ११ गतेदेखि आफ्नो पद त्याग गरेको घोषणा गरेका हुन्।
रायले आफ्नो नेतृत्वकालमा सहयोग गर्ने सबै नेता, कार्यकर्ता र समर्थकहरूप्रति धन्यवाद प्रकट गरेका छन्। उनीसँगै पार्टीका थप ६५ नेता तथा कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्।



