सर्लाही – सर्लाही, २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र सिंह विशेष सम्मानित भएका छन्। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) राजु अर्यालले तस्करी नियन्त्रण तथा राजस्व संकलनमा सिंहले गरेको उत्कृष्ट योगदानलाई कदर गर्दै उहाँलाई सम्मान प्रदान गरेका हुन्।
एसपी सिंहको नेतृत्वमा सर्लाही जिल्लामा राजस्व अभिवृद्धि र तस्करी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको जनाइएको छ। उक्त सम्मानले उहाँको कार्यक्षमता र समर्पणलाई थप प्रोत्साहन दिएको बताइएको छ।



