बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आफू गैरकानुनी रूपमा थुनामा परेको भन्दै झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधिस पाण्डेले झालाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश जारी गरेको हो ।उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय