सर्लाहीमा प्रतिबन्धित लागु औषधसहित एक युवक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले ब्रहम्पुरी गाउँपालिका ५ स्थित पंकज शाहको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्सा बाट खटिएको प्रहरी टोलिले आईतवार दिउसो ब्रहमपुरी गाउँपालिका ५ सखुवाका २१ वर्षिय पंकज शाहलाई १० किलो गाँजा सहित पक्राउ गरेको हो ।

घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा बरामत गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

नियन्त्रणमा लिएको शाहलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय