सर्लाहीमा विष्फोटक पदार्थ पटाका सहित एम्बुलेन्स चालक पक्राउ

सरोज यादव । सर्लाही ०१, कार्तिक । विष्फोटक पदार्थ पटाका सहित भन्सार कार्यालय सर्लाही र सशस्त्र प्रहरीको सन्युक्त टोलिले तीन जनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका – ११ बस्ने ३६ वर्षीय बिक्रम आचार्य, ३६ वर्षिय मनोज रजक र २८ वर्षीय छोटेलाल दासलाई पक्राउ गरेको हो ।

जिल्ला भन्सार कार्यालय अगाडि चेकजाँचको क्रममा खटिएको प्रहरी टोली र भन्सारका कर्मचारीले उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो ।

भारतबाट शंकास्पद रुपमा को १ च ५८९६ नम्बरको नेपाल परिवार नियोजन शाखा कार्यालय सर्लाहीका एम्बुलेन्समा सवार तीन जना नेपालतर्फ आइरहेका थिए ।

रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका र किराणा आईटम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुको साथबाट जम्मा एघार प्रकारको पटाका र किराणा आईटम बरामद भएको जनाइएको छ ।

विष्फोटक पदार्थ अन्तर्गत कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय