सर्लाहीको सबै पालिकामा जनमत पार्टी, वडा भरि नै सक्रिय

सर्लाही । सर्लाहीमा जनमत पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ । जनमत पार्टीले २ सय वडा मा नै अधिवेशन सम्पन्न गरेर एउटा बलियो टिम निर्माण गरेको छ । यतिबेला सर्लाहीको २० वटै पालिकामामा जनमत पार्टी सक्रिय बनेको छ । बिहिवार मात्र सर्लाहीको बरहथवा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा जनमत पार्टीमा प्रवेश गरेको छ ।

जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन (सुजन) यादवले सर्लाही जिल्ला भरी संगठन चुस्त दुरुस्त र जिल्लामै सब भन्दा राम्रो संगठन जनमत पार्टीको रहेको दावी समेत गरे । जनमत पार्टी सुशासनको पक्षमा जहिले पनि वकालत गरिरहने ईन्चार्ज यादवले बताए ।

जिल्ला ईन्चार्ज यादवले आफ्नो अथक मेहनत, प्रयास र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई समेत पटक पटक सर्लाहीमा आमन्त्रण गरी उपस्थित गराएर संगठनलाई बलियो बनाउने कार्य गरेको छ ।

जिल्ला ईन्चार्ज यादवको सक्रियतामा सर्लाहीमा जनमत पार्टी बलियो भएको जनमत पार्टीका केन्द्रिय सदस्य राकेश मिश्राले जानकारी दिए । जिल्ला ईन्चार्ज यादवको सक्रियतामा नै सर्लाहीको २० वटा पालिका र २ सय वडामा जनमत पार्टी बलियो भएको उहाको भनाइ छ । केन्द्रिय राजनैतिक समितिको सदस्य एबम सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा प्रत्याशी उम्मेदवार समेत रहेका नेता मिश्रले जनमत पार्टी सताको लागि गलत तत्व सँग समझौता नगर्ने र मधेस र देश लाई समृद्धीको बाटोमा जनमत पार्टीले मात्र लान सक्ने बताए ।

कार्यक्रममा जनमत पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य सनजय सिंह लगायत जिल्ला भरीको २०० सय नेता कार्यकर्ताले आ–आफ्नो पालिकाको मन्तव्य राखेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय