सरोज यादव । असाढ १६, सर्लाही । ट्याक्टर दुर्घटनामा परी सर्लाहीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. २ बस्ने अन्दाजी ५० वर्षिय सहदेव राउत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक श्रेष्ठका अनुसार ट्याक्टर दुर्घटनामा परी घाइते भएका उनको घट्ना स्थलमै मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार आईतवार अपरान्ह १२:१० बजे हरिवन नगरपालिका वडा नं. १ पटौना स्थित अत्रौली बाट पटौना तर्फ खेत जोत्न गएको थियो । खेतको आलि चढाउने क्रममा ज १ त ५७५७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा सोही ट्रयाकटरमा च्यापीएको थियो।
शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।



