सरोज यादव । असाढ १६, सर्लाही । सर्लाहीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको हरिपुर नगरपालिका– ४ हरैया निवासी अन्दाजी ४५ वर्षीया कृष्णा देवि राय शनिबार साँझ आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हिजो बेलुका करिब साढे चार बजे मकै काट्न जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब ५०० मिटरको दूरीमा आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
घटना शंकास्पद हुन सक्ने भन्दै अनुसन्धानका लागि प्रहरी उपरिक्षक रबिन्द्र बहादुर सिंहको कमाण्डमा टोलि खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



