प्रहरीमा लेखापाल सरुवामा आर्थिक चलखेल, अवकाश हुनै लागेका डीएसपीलाई जिम्मा

काठमाडौं । नेपाल प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाका डीएसपी विजय कुँवरलाई भेट्न लेखापालहरुको भीड लाग्ने गरेको छ ।यही असार १४ गते अवकाश हुन लागेका डीएसपी कुँवरको १३ दिन मात्र जागिर बाँकी छ । १३ दिन जागिर बाँकी भएका डीएसपी कुँवरले यहीबीचमा लेखापालको सरुवा सूची तयार गर्न लागेका छन् ।
राम्रा जिल्ला सरुवा हुन र २ वर्ष पुगेकाहरू थमौती हुनका लागि डीएसपी कुँवरकोमा लेखापालहरुको लाइन लाग्ने गरेको हो । अवकाशको मुखमा रहेका उनलाई आर्थिक लेनदेनका आधारमा लेखापालहरुको सरुवा र थमौतीको सूची तयार गर्न भ्याईनभ्याई छ । लेखाका असई सईहरु कुँवरको बुद्धनगरमा रहेको घरमा समेत जाने गरेका छन् ।मैले तयार गरेको सूची अनुसार प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राई र आईजीपी बसन्तबहादुर कुँवरले आफूलाई जिम्मा दिएको भनेर भन्दै उनले लेखापाल सरुवामा आर्थिक संकलन गरिरहेको स्रोत बताउँछ ।
अवकाशको मुखमा कूस्त आर्थिक संकलनका लागि कुँवर कोशी प्रदेशको निरीक्षणमा गएका थिए । घर जाने बेलामा विभागले लेखापरीक्षण हेर्ने गरी प्रदेश प्रदेशमा जान उनलाई स्वीकृति नदिनुपर्नेमा दिएको छ । सरुवामा मात्र नभएर लेखा परीक्षणका क्रममा यो वा त्यो कमजोरी देखाएर असुली गर्ने छुट उनलाई दिइएको छ ।
कुँवर असईदेखि नै लेखा समूहमा कार्यरत रहेका प्रहरी अधिकृत हुन् । लेखा अधिकृत भएपछि उनी प्रहरी एकेडेमीमा सरुवा भएका थिए । एकेडेमीमा हुँदै उनी डीएसपी बढुवा भएका थिए । डीएस भएपछि उनको सरुवा प्रहरी प्रधान कार्यालय आलेपमा भयो �