रौतहटको एउटा नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

राजेन्द्र बिश्वकर्मा, सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ ।

बुधवार नगरपालिकाले एक सूचना जारि गर्दै नगरपालिका क्षेत्र भित्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य गरेको हो।

बालविवाह अन्त गर्न पालिकाभित्रका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको नगरपालिकाले जारि गरेको सूचनामा उल्लेख गरिएको छ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको छ। कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय