धिरोज यादव
स्वयंसेवक संघ वारा कार्यसमिति द्वारा निजगढ नगरपालिका वडा नम्बर ४ स्थित मानव सेवा आश्रम लाई खाद्यान्न सहयोग गरेका छन् । स्वयंसेवक संघ ले २ वोरा चामल,७ कि लो दाल, १० लि तेल,५ किलो नुन,१० के जि आलु,२ के जि टमाटर,१ के जि वन्दा , खुर्सानी,लौका , हरियो सागपात सहयोग गरेका हुन् ।
नेपाल स्वयंमसेवक संघ मधेस प्रदेश अध्यक्ष पुजा तिमल्सिना बारा अध्यक्ष लक्ष्मी चौलागाई निजगढ उपस्थितीमा संघको निजगढ नगर अध्यक्ष कृति लम्साल उपाध्यक्ष भीमबहादुर बुढाथोकी, सचिव अर्जुन कुवर ,कोषाध्यक्ष पुनम कार्कि, उपसचिव शोभा परियार, सदस्यहरुमा लक्ष्मी भण्डारी सुभद्रा विश्वकर्मा सपना विश्वकर्मा सावित्री दाहाल सुनिता बहुला नविन तिमलसिना सहितको ११ जानाको यहि असोज ६ गते निजगढ नगर कार्यसमिति गठन भएको थियो ।।



