धिरोज यादव
बरहथवा — धार्मिक सहिष्णुताका लागि आज (बुधबार) सर्लाहीको बरहथवामा सद्भाव र्याली निकालिएको छ । बरहथवा नगरपालिकाको आयोजनामा नगरपालिकाको कार्यालयबाट सुरु भएको र्याली बजार परिक्रमापछि नगरपालिकाको कार्यालयमै पुगेर कोणसभामा परिणत भएको हो।
सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा केही दिनदेखी सामाजिक सद्भावमा आच पुग्ने गरी भइरहेको गतिविधिलाई लक्षित गरि “हिमाल पहाड तराई,हिन्दु मुस्लिम भाइ भाइ´´ “हामी नेपाली एक हौ ” हिन्दु मुस्लिम ईसाई हामी सबै भाई भाई” भन्ने नारासहित सद्भाव र्याली निकालिएको नगर प्रमुख कल्पना कुमारी कटुवालले बताइन् ।



