लालबन्दी बजारमा विद्यार्थीद्वारा सद्भाव र्याली

धिरोज यादव

सर्लाहीको जनज्योति बहुमुखि क्याम्पसमा कृयाशिल बिभिन्न विद्यार्थी विद्यार्थी संघ, संघठनहरुले आज लालबन्दी बजारमा सद्भाब र्यालि निकालेका छन।

केहिदिन देखि सर्लाहीमा भइरहेको धार्मिक सहिष्णुता बिगार्ने क्रियाकलाप प्रति दु:ख ब्यक्त गर्दै विद्यार्थी संघ, संघठनले क्याम्पस अगाडि बाट निकालेको र्याली लालबन्दी बाजारमा पुगेर सद्भाव सभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै नेबिसंघ पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि  एबं जनज्योती बहुमुखी क्याम्पसकाे व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारिले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्य प्रमुख जिल्ला अधिकारीको भएको हुँदा प्रजिअ जिम्मेवार हुनुपर्ने बताए । यदि जिल्लामा शान्ति सुरक्षा कायम गराउन नसक्ने प्रजिअ र प्रहरि उपरीक्षक लाई गृहमन्त्रीले तत्काल सरूवा गरि अर्को सक्षम प्रजिअ र प्रहरी उपरिक्षक ल्याउनुपर्ने भन्दै सदिउ देखि मिलेर बस्दै आएको नेपाली समुदायमा धार्मिक सामाजिक सद्भाव कायम राख्न हामी सबै लाग्न सम्पुर्ण नागरिकलाई आह्वान गरे ।

 

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न १ ख सभापति सिताराम दाहाल, निवर्तमान नगर सभापति प्रसान्त आचार्य, स्ववियु उपसभापति विकाश थापा, नेपाली काङ्ग्रेसका नेता देबिबन्धु थापा, नेपाल तरुण दल केन्द्रिय सदस्य बिभुसिंह थापा, लोकहरि पौडेल, विद्यार्थी नेताहरु मनोज बख्रेल, आदित्य महतो लगायतको थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा सद्भाव मन्तव्य विद्यार्थी नेता ज्ञानेश्वर मण्डल, सफल अधिकारि, बिकाश थापा लागाएतले राखेका थिए भने कार्यक्रम सन्चालन नेबिसंघ सर्लाही काठमाण्डौ सम्पर्क समिति सभापति लबहरि ढुङ्गेलले उद्घोषण गरेका थिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय