सरोज कुमार यादव
सर्लाही जिल्लाको कौडेना गाउँपालिका वडा नं ६ मा बस्ने धिरोज राय लाई केन्द्रिय कार्यालय टोखा काठमाण्डौंबाट नेपाल स्वयंसेवक संघ सर्लाही जिल्लाकाे अध्यक्षमा नियुक्त गरिएको छ।
लामो समयदेखि सामाजिक क्षेत्रमा विभिन्न जनचेतना मुलक कार्यक्रम , रक्तदान कार्यक्रम, रक्त समूह पहिचान ,नि: शुल्क दन्त शिविर, ,नि: शुल्क स्वास्थ्य शिविर, आँखा शिविर, चाहिएको बेलामा ब्लक मैनेज , सरसफाई अभियान जस्ता उदाहरणीय कार्य गर्दै आएका र आफ्नो जिल्लामा सामाजिक कार्य , सञ्चारकर्मीमा छुट्टै नाम पहिचान कमाउन सफल भएका धिरोज राय लाई उच्च मूल्यांकन गर्दै जिल्ला अध्यक्षमा नियुक्ती गरिएकाे संस्थाका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले जानकारी दिनुभयो।
नेपाल स्वयंसेवक संघको नामले समाजमा उदाएको संस्थाका परिकल्पनाकार श्री खेमराज पौडेल हुनुहुन्छ । खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरू भित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यो संस्थाको मूख्य उद्धेश्य हो।
समाजमा रहने हरेक तह र तप्काका मानव् स्रोत हरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल् मर्म हो। यसको स्थापना विसं २०७६ सालमा भएको हो।बुंदागत रूपमा नेपाल् स्वयम् सेवक संघले निम्न उधेश्य समेटेको छ
–नेपाल स्वयंसेवक संघद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै बालबालिका तथा युवावर्गलाई जनसेवी बनाउने।
– बालबालिका तथा युवा वर्गलाई नेपाल स्वयंसेवक संघको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
– दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्वयंसेवक लाई परिचालन गर्ने, गराउने ।
– सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
–समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।
– स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने । स्वयंसेवक नियम
– स्वयंसेवक विश्वास योग्य हुन्छ ।
– स्वयंसेवक भक्त हुन्छ ।
– स्वयंसेवक उपयोगी र सहयोगी हुन्छ ।
– स्वयंसेवक सबैको मित्र हुन्छ ।
– स्वयंसेवक विनम्र हुन्छ ।
– स्वयंसेवक प्राणी प्रति दयालु हुन्छ ।
– स्वयंसेवक अनुशासित र आज्ञाकारी हुन्छ
– स्वयंसेवक बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ
– स्वयंसेवक मन, बचन र कर्ममा पवित्र हुन्छ ।
स्वयंसेवकको ब्याज सूची – सदस्यता ब्याज –अक्षयकोष ब्याज – सदस्य प्रति १ दैनिक ब्याज समाज र राष्ट्रसेवालाई समाजसेवाकाे शिखर मान्छ ।
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ यसका २० विभागीय संगठन यसको उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन स्थापना २०७६-५-१४ र विधिवत रूपमा दर्ता २०७७-४-२१ काठमाडौंमा भएको हाे।
विस्तारको क्रममा रहेको छ। मुलुकमा व्यक्ति, परिवार र समाजको सचेतना पूर्वक संगठित प्रयासले भोलिको सम्पन्नताको मार्ग तय गर्दछ। नेपालीहरूको सपना, देश र राष्ट्रको सपना हो ।
अर्काे शब्दमा नेपाली युवा तन्नेरीको सपना हो । युवाहरू क्रान्ति, निर्माण र सुधारको तीनै चरणका अपरिहार्य र महत्वपूर्ण इञ्जिन हुन् । युवाहरू आजको राष्ट्र समृद्धिका प्रतिनिधि हुन् । परिवर्तनका पहरेदार, संगठित शक्ति हुन् । हामी नेपाल राष्ट्रको विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिवद्ध छौँ । संविधानले मार्गप्रशस्त गरेको नेपाली जनताको परिवर्तनको चाहाना समाजवादी समाजको विकास हो ।
यसका लागि स्रोतसाधनमा जनताको पहुँच, समावेशी विकासमा प्रतिनिधित्वको साथै सामाजिक न्यायको स्थापनामार्फत भोक, रोग, गरीबी अन्धविश्वास, अशिक्षा, कुपोषणको अन्त्य गर्नु हाम्रा प्रमुख तथा महत्वपूर्ण एजेन्डा हो । स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाइ पलायन राेक्नु, बढ्दो महङ्गी भ्रस्टचार, बलात्कार , देश भित्र तथा बाहिर हुने घुसपैठ, कालोबजारी जस्ता गलत कार्यमा खबरदारी गर्नु यो संघको मुख्य कार्य हो र भूमिका मा हरेक सदस्य जागरुक रहेका छन्। ।
नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि अाफ्नै देशकाे सेवा गर्ने स्थायी रूपमा, आर्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारकाे विकास गर्ने उद्देश्यले स्थापना भएकाे थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको छ। जिल्ला तथा प्रदेशमा अन्तर्क्रिया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छाैँ जुन समाजमा लुकेको छैन। हामी जाग्नकाे लागि एकजुट भई राष्ट्र हितकाे लागि नीति समाजपाेषित बनाउने, महान् बुद्धकाे सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुन: नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ । यति मात्र नभएर स्वर्गकाे टुक्रा ठानिने नेपालकाे सांस्कृतिक, प्राकृतिक सम्पदाहरूकाे तिव्र विकास गरी अार्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसकाे लागि हामी सबै एकजुट हुँदै छाैँ र बाँकी सबै हुनुहुनेछ भन्ने अाशा साथै भराेषा छ। हामी अाफैँ हाम्राे देश बनाउने छाैँ।
आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने योजनामा नेपाल स्वयंसेवक संघ लागि परेको छ।
– नेपाल स्वयंसेवक संघले पहिलो राष्ट्रिय सम्मेलन वि.सं. २०७६ मा सितापाईलामा गरेको थियो । नेपाल स्वयम् संघमा आवद्ध जनशक्तिलाई अझ मजबुत बनाउन थालिएको प्रशिक्षण जो नेपाल स्वयम् सेवक संघ कै केन्द्रिय प्रशिक्षण विभागको रूपमा रहेको छ र यस कार्यक्रमकी संयोजकको रूपमा पोखराकी कवि तथा गजलकार विमुन्स पौडेल रहनु भएको थियो। उहाँले देश अधिराज्य भरिका स्वय्मसेवक संस्थामा आवद्ध जनशक्तिलाई लक्षित गरी बिभिन्न प्रदेशका ठूला तथा मध्यम शहरहरूमा तालिमको आयोजना गरेर संस्थाको मर्म र उद्धेश्यमाथि सकृयता पूर्वक अमल गर्ने जनशक्तिलाई ऊर्जा भर्ने काम गर्नु भएको थियो।
त्यस्तै मेचीकाली अभियानलाई सुदूर् पश्चिमबाट सुरु गरिएको यात्रा पुर्बान्चल सम्म आएर कोरोनाको महामारीको कारणले पछि सारिएको थियो भने उक्त अभियान नेपाल स्वयंसेवक संघले प्रशिक्षण कार्यक्रम र मेचीमहाकाली अभियान अध्ययन अनुसन्धान भ्रमण राष्ट्रिय रूपमा गरेको थियाे।
छिट्टै सुचारू गरिने कुरामा पनि संस्थाका परिकल्पनाकार तथा केन्दृय विभागका अध्यक्ष खेमराज पौडेल ले जानकारी दिनुभयो भने प्रशिक्षण विभागकी प्रमूख विमुन्स पौडेल ले युवा शक्तिलाई सकृय बनाइराख्न भर्चुअल माध्यमबाट पनि छलफल जारी रहेको जानकारी गराउनु भयो।
देश अधिराज्यका साहित्यप्रेमी मनहरूलाइ पनि समेट्ने उद्धेश्यले बनेको साहित्यिक विभागले पनि सदस्यता बढाउने तथा साहित्यिक कार्यक्रम गन्रे काम प्रदेश नम्बर १ मा चलिरहेको छ।
यदि कुनै पनिव्यक्तिले नेपाल् स्वयम् सेवक संघमा आवद्ध हुन चाहेमा सामाजिक कार्यमा सकृय रहने तथा कुनै फौजादारी मुद्धा नलागेको र मगज नबिग्रेको कुनै पनि १८ वर्ष उमेर नाघेको ले यसमा सदस्य बनी समाजमा समाज विकासमा आफ्नो सहभागिता जनाउन सक्नेछन् भन्दै संस्थाका अध्यक्षले सर्वसाधारणलाई यसमा आवद्ध हुन अनुरोध गर्नु भयो।



