नागरिकता सम्बन्धि कसुरमा धनकौल गाउँपालिका अध्यक्ष साह बिरुद्व मुद्दा दर्ता

गोडैता – सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साहसंग तीन वटा नागरिकता रहेको खुलेको छ। साहले बिभिन्न मितिमा गरि तीन वटा नागरिकता लिएको पाइएको छ। साहले लिएका ति तीनवटा नागरिकतामा फरक फरक जन्म मिति रहेको पाईन्छ।

गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा किर्ते गरेको नागरिकता प्रस्तुत गरेको भन्दै नागरिकता किर्तेमा कारवाही गर्न अदालतमा मुद्वा दायर भए पछी साहलाई पक्राउ गरि थप अनुसन्धान र कारवाही गर्न इलाका प्रहरी कार्यालय बरहथवालाई न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको उच्च अदालत जनकपुरको सयुक्त इजलासले पत्राचार गरिको छ।

त्यसपछि मिति २०८० भाद्र १८ गते इलका प्रहरी कार्यालय बरहथवाले कार्यालयको दर्ता फाँटमा ८०/८१ को फाइलमा ३६ नम्बरमा अध्यक्ष साहमाथिको नागरिकता कसुर सम्बन्धि कारवाही गरि पाउँ मुद्दा दर्ता भएको छ।

यसघि प्रमाणसहित नागरिकता कसुरमा पक्राउ गरि कारवाही गरि पाउँ भनि इलका प्रहरी कार्यालय बरहथवामा मुद्दा दर्ता गराउन खोज्दा उक्त कार्यालयले मुद्दा दर्ता गरेएको थिएन। अहिले भने प्रहरीले उच्च अदालत जनकपुरबाट परमादेश आएपछि मुद्दा त दर्ता भएको तर अनुसन्धानमा ढिला सुस्ती गरेको निवेदक बताउँछन।

अध्यक्ष साहले बिभिन्न काममा छुट्टा छुट्टै सालका नागरिकताहरु पर्योग गर्ने गरेका छन्। त्यसरी उनले प्रयोग गर्ने गरेका तीनवटा नागरिकताहरु फरक फरक जन्म मिति भएका नागरिकताहरु भेटिएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय