सर्लाहीको पश्चिमी भेगस्थित मुसैली, कोडैना, फुलपरासी, गोडैता, रामनगर, बलरा, गडैहिया लगायतका बिबिन्न क्षेत्रमा बिगत केहि दिन देखि दिउँसोको समय बिद्युत बन्द गरिंदै आईरहेको छ ।
महिनौ हुँदै बर्षौ पुग्दासमेत यो समस्या अझै हट्न सकेको छैन। आईतबार बिहानै देखि बिद्युत नभएका यी क्षेत्रहरुमाआईतबार रातभर पनि बिद्युत काटिएको छ। स्थानीयको गुनासो सम्बोधन गर्ने ठाउँ अर्थात बिद्युत वितरण केन्द्र मलंगवामा फोन गर्दा फोनको कुनै उत्तर नै आउँदैन, जब उत्तर आउँछ त कर्मचारी आफै सुरु गर्छन गालि गर्न।
बिशेष त गोडैताको सम्पूर्ण ठाउँतिर बिद्युत बिग्रिएको खण्डमा तत्काल बनाउँनाका लागि स्थानीय घनश्याम पटेललाई उक्त जिम्मा दिइएको छ। पटेल आफु चाहिँ घरमा आनन्दले बस्छन हाम्लाई बिद्युत काटेर स्थानीयहरु गुनासो गर्छन। पटेल देखि मलंगवा बितरण केन्द्रमासमेत फोन रिसिभ नै हुँदैन।
हरेक समस्यामाथि समस्या बनाइराखेको बिद्युत वितरण केन्द्र मलंगवाको छिनछीनमा बिद्युत काट्ने समस्या देखि पनि उपभोक्ता हैरानीमा परेका छन्। बिद्युत काट्ने र केहि समयमै बिद्युत दिने विद्युत प्राधिकरण मलंगवा बितरण केन्द्रको पुरानै बानि हो। साथै यस क्षेत्रमा यस्तै समस्या लामो समय देखि यहाँका उपभोक्ता भोग्दैं आईरहेका छन।
मिनेट मिनेटमा बिद्युत काट्दै र दिदैं गर्ने गर्दछ, तथा बिगत एक महिना देखि नै दिउँसोको समयमा बिद्युत काट्ने गरेको यस बितरण केन्द्रबाट बिद्युत उपयोग गर्ने उपभोक्ता बताउँछन्।



