सिलबन्दी बोलपत्र (Sealed Quotation) आव्हानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

DETAILED JOB DESCRIPTION / REQUIREMENTS:

सिलबन्दी बोलपत्र (Sealed Quotation) आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८०-०३-०५ गते

सेभ द चिल्ड्रेनसंगको सांझेदारीमा  राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)  द्वारा सर्लाही जिल्लाको गोडैता, बलरा र मलंगवा न.पा मा विभिन्न परियोजना संचालन भई रहेको छ । उक्त परियोजना अन्तरर्गत तपसिल बमोजिमका सामानहरु आवश्यक भएकोले आपूर्ती गर्नका लागि इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वकको सिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१. बोलपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मिति देखि १५ औं दिनको कार्यालय समयभित्र सम्बन्धित संस्थाले उपलब्ध गराएको फारम भरी यस सस्थांको खरिद फाँटमा रितपूर्वक सिलबन्दी बोलपत्र दर्ता गराई सक्नु पर्नेछ ।

२. बोलपत्र फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औं दिन (२०८०-०३-१९  गते) दिनको ४: ०० बजेभित्र यस सस्थांको प्रशासन शाखामा आवश्यक सम्पूर्ण कागजात सहित सिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको ४: ३० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त सिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।

३.  दर्ता हुन आएका सिलबन्दी बोलपत्रहरु प्रथम पटक सूचना प्रकाशित भएको मितिले २२ औं दिन २०८०।०३।२६  दिनको ११: ४५ बजे प्रशासन तथा खरिद व्यवस्थापन समिति, उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । तर कम्पनीको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४.  सिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमको कागजातहरू पेश गर्नुपर्नेछ ।

(क)  फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि

(ख)  मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।

(ग)  आ.व.२०७८/७९ सम्मको कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि वा कर दाखिला प्रमाण–पत्रको प्रतिलिपि । 

(घ)  सप्लायर्स दर्ता फारम तथा बाल सुरक्षा निती (कोटेसन संगै फरमेट उपलब्ध गराईनेछ) ।

५.   बोलपत्र फाराम बुझाउँदा सिलवन्दी गरी खामको बाहिर सस्थांले “प्रदान गर्ने सेवाको नाम तथा  संस्थाको नाम ”  स्पष्टसंग उल्लेख गर्नुपर्ने छ ।

६.   राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ/संस्थाहरुमा सेवा प्रदान गर्दै आईरहेको तथा बाल सुरक्षा नीति अवलम्वन गरेकालाई विशेष ग्राहयता दिइनेछ ।

७.   यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

८.   यस सिलबन्दी बोल–पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थामा सम्पर्क राख्न सकिनेछ र Quotation फारम संस्थाबाट निशुल्क उपलब्ध गराईने छ वा संस्थाको ईमेल [email protected] मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिने छ । Quotation फारम माग गर्दा प्रदान गर्ने सेवाको नाम सहितको अनुरोध पठाउनु पर्ने छ ।

बिस्तृत जानकारी तथा बोलपत्र पेश गर्ने सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

मलंगवा नगरपालिका –१०, सर्लाही

सेभ द चिल्ड्रेन स्पोन्सरसिप कार्यक्रम

फोन: ०४६–५२१४८७

ईमेल: [email protected]

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय