सरोज यादव । सर्लाही । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका १, अत्रौली बस्ने ४४ बर्षीय रामपुकार महतो छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
एक महिलालाई जबर्जस्ती करणी गरेको अदालतबाट ठहर भइसकेका महतोलाई ५ वर्षको सजाय तोकिएको छ । तर महतो लामो समयदेखि फरार रहेका थिए ।
२० वर्ष देखी फरार रहेका उनलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए ।
उनले एक महिलालाई २०६० सालमा जबरजस्ती करणी गरेको कसूरमा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको छ ।



