एसपी यादव | काठमाडौ, बैशाख ८ गते । संघीय सरकारका नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव शुक्रवार गृह जिल्ला सर्लाही जाने भएका छन् ।
चैत १७ गते शुक्रबार भएको मन्त्री परिषद् बिस्तारमा सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका थिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला सर्लाही जान लागेका हुन् ।
मन्त्री यादवले मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्र पर्वको अवसरमा शुभकामना आदानप्रदान, जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ता एवं क्षेत्रका जनताहरु संग प्रत्यक्ष भेटघाट गर्ने लगायतका कार्यक्रममा सरिक हुन् सर्लाही जान लागेका हुन् ।



