रौतहटको गौरमा आप्रवासी श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्रदीप दास, रौतहट | पौष ०४ , सोमबार | रौतहटको गौरमा अवस्थित माण्डवी संस्थाको प्राङ्गणमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस 2022 को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रम माण्डवी संस्थाको आयोजना तथा आप्रवासी हकहित संरक्षण केन्द्र रौतहटको सहकार्यमा माण्डवी संस्थाको प्राङ्गणमा सञ्चालन गरिएको थियो भने गौरको बिपी चौक मा दीप प्रज्ज्वलन गरी कार्यक्रम भब्य रुपमा मनाइएको थियो ।

साथै कार्यक्रममा माण्डवी संस्थाको कर्मचारीहरु लगायत आप्रवासी हकहित संरक्षण केन्द्र गौर रौतहट जिल्लाको पदाधिकारी हरूको भव्य सहभागितामा र विभिन्न पार्टीका नेता कार्यकर्ता, भद्रभलादमीहरूको संलग्नतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै , माण्डवी संस्थाको संस्थापक अन्जु झा र संयोजक सुबिन्द्र दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय