ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउने- मन्त्री यादव

काठमाडौ, जेठ ४ गते । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षांत समारोहको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले भने, सुचना प्रविधीको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उनले बताएका छन् ।

दिक्षीत विद्यार्थीहरुलाई नेपालमै बसेर कृषि क्षेत्रमा सूचना प्रविधीको प्रयोग गरेर नेपाललाई कृषिमा निर्यातमुखि मुलुकमा परिणत गर्न उनले आव्हान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एसिया प्यासिफिक यूनीभर्सिटी (APU) सँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आफु आशावादी रहेको उनले बताए ।

मुलुककै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गराउदै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्त्वका साथ अवलम्बन गरेकोमा गर्व महसुस भएको कार्यक्रमका अध्यक्ष एवं कलेजका अध्यक्ष समेत रहेका पंकज जालानले जनाएका छन् ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU) मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा मै अन्तर्राष्ट्रिय सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउदै आएको छ ।

एक सय पचास जना विद्यार्थी दिक्षित भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय