कौडेनामा प्रहरी प्रशासनको मिलेमतोमा बुथ छापियो

सर्लाही, बैशाख ३१ गते । वैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कौडेना गाउँपालिकाको वडा नं. ४ मोतिपुरको सरस्वती आधारभूत विधालय मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता र प्रहरी प्रशासनको मिलोमतोमा बुथ छापिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) को तर्फबाट गापा अध्यक्ष पदका उम्मेदवार राजनन्दन चौधरीले जानकारी गराएका छन् ।

चौधरीका अनुसार, नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु जबर्जस्ति झगडा गर्न थालेपछि प्रहरीले अन्य दलका कार्यकर्ताहरुलाई कुटपिट गरेर भगाएको उनले बताए । त्यसपछि प्रहरी प्रशासनले नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुलाई संरक्षण दिएर बुथ छाप्न लगाएको उनले ठोकुवा गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट कौडेना गापका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद यादवका अनुसार, कौडेना गाउँपालिकाको वडा नं. ४ मोतिपुरको सरस्वती आधारभूत विधालय मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता र प्रहरी प्रशासनको मिलोमतोमा बुथ छापिएको उनले पनि ठोकुवा गरेका छन् ।

काङ्ग्रेसका नेता तथा कार्यकर्ता र प्रहरी प्रशासनले लोकतन्त्रको उपहास मात्र गरेका होइनन् लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत धज्जि उडाएको उनले बताएका छन् ।कौडेना गाउँपालिकाको वडा नं. ४ मोतिपुरको सरस्वती आधारभूत विधालय मतदान केन्द्रमा भएको मतदान रद्द गरि भयरहित वातावरणमा निस्पक्ष मतदान हुनुपर्ने हाम्रो माग भएको उनले जनाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट कौडेना गापा अध्यक्ष पदका उम्मेदवार महादेव साहले कौडेना गाउँपालिकाको वडा नं. ४ मोतिपुरको सरस्वती आधारभूत विधालय मतदान केन्द्रमा भएको मतदान तत्काल रद्द गर्नुपर्ने बताएका छन् ।

लोकतन्त्रमा जनताले आफ्नो मत स्वतन्त्र रुपले दिन पाउनुपर्नेमा काङ्ग्रेसका नेता तथा कार्यकर्ता र प्रहरी प्रशासनले बलजफ्ती बुथ कब्जा गरि बुथ छाप्नुका साथै सवारी साधनहरुमा समेत तोडफोड गरेका छन् । उक्त मतदान केन्द्रमा पुनः निस्पक्ष मतदान हुनुपर्ने हाम्रो माग भएको उनले जनाएका छन् ।

नेपालि काङ्ग्रेस बाहेक उक्त पालिकाका सम्पुर्ण राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरुले बिबादास्पद रहेको कौडेना गाउँपालिकाको वडा नं. ४ मोतिपुरको सरस्वती आधारभूत विधालय मतदान केन्द्रमा भएको मतदान तत्काल रद्द हुनुपर्ने माग निर्वाचन आयोग समक्ष लिखित रुपमा पेश गरेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय