स्थानीय तहको निर्वाचन संघारमा छ। कांग्रेस नेतृत्व गठबन्धनसँग तालमेल गरेरै चुनावमा जाँदैछ। स्थानीय नेता कार्यकर्ता भने तालमेलको पक्षमा छैनन् । कुनै बेला विद्रोही रहेको माओवादीसँग मिलेर जान अझै तयार देखिँदैनन् कांग्रेसजन।
कांग्रेस नेतृत्व भने सत्तामा पुर्याउने दल माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलाई सडकमा छोड्न नहुने तर्क गर्दै कार्यकर्तालाई चेतावनी दिँदै आइरहेको छ। विशेष जोड सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै छ। तालमेल गर्न नहुने आँकडा प्रस्तुत गर्ने कार्यकर्तालाई तर्क गर्न नसकेपछि देउवाको भनाई छ : गठबन्धन गरेर मैले के बिगारे? गठबन्धन फुटाउने ठूलो षड्यन्त्र भइरहेको छ नि यहाँ फेरि। हालैको कार्यक्रममा देउवाले चेतावनीयुक्त भाषण गरे।
स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको स्थानीय नेता कार्यकर्ताको चाहनालाई कांग्रेस केन्द्रले भने हस्तक्षेप जारी राखेको छ ।
पहिलो पोष्टबाट साभार



