नेकपा एकीकृत समाजवादी सर्लाहीद्वारा एमसीसीकाे विरोध

सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाहीले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती भन्दै विरोध गरेको छ । सोमबार लालबन्दीमा बसेको जिल्ला कमिटीको विस्तारीत बैठकले एमसीसीलाई राष्ट्रघाती भनेको हो । बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री शत्रूघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको बताए । बैठकमा पार्टी नेताहरू लक्ष्मण पौडेल, रविन्द्र बैठा, बेची लुङेली, देवेन्द्र राय, अन्जु पौडेल, गोविन्द अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

बैठकले आगामी स्थानीय निर्वाचनको तयारी,  संगठन विस्तार, सदस्यता प्रदान, पालिकाको अवस्था अध्ययनलगायतका निर्णय गरेको प्रचार प्रमुख वाग्लेले बताए । बैठकले पार्टी नीतिबारे थप प्रष्ट पारेको र अब सर्लाही जिल्लाभर नेकपा एकीकृत समाजवादीको अभियान तीव्र हुने प्रचार विभाग प्रमुख वाग्लेले बताए ।

– वेव टिभी नेपाल बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय