अति विपन्न सेयर सदस्यलाई न्यानो कपडा वितरण

प्रमोद यादव | माघ १९,सर्लाही | जीवन विकास लघुवित वितिय संस्थाले अति विपन्न सेयर सदस्यलाई न्यानो कपडा वितरण गरेको छ |

जिल्लाको हरिवन नगरपालिका – १ भोक्टेनी स्थिति सदस्य पवन कुमारी महतोलाई न्यानो कपडा वितरण गरेको हो |

उक्त संस्थाका हरिवन शाखा प्रमुख धिरज कुमार राजवंशीले सेयर सदस्य महतोलाई सिरक, डसना, सिरानी,सिरकको खोल भुजा , तन्ना वितरण गरेको वडा  न  – १ का वडा सदस्य बाबुलाल महतोले बताए  |

चिसो बढेसँगै हरिवन शाखाका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिक तथा अति विपन्न भएका व्यक्तिहरूको पहिचान गरि सो सामग्री वितरण गरेको शाखा प्रमुख राजवंशीले वताउनु भयो |

सेयर सदस्यलाई चिसोबाट  जोगिन सावधानी अपनाउनु पर्दछ भन्ने सन्देश दिने उद्देश्यले न्यानो कपडा सामग्री प्रदान गरिएको वताउनु भयो |

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय