मानव अधिकार र लैङ्गिक सचेतिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न

प्रदीप दास ,रौतहट ।
पुष ३० गते ,शुक्रबार । समाजमा परम्पराहरु धार्मिक मान्यताको आधारमा स्थापित भएका हुन्छन् । बर्तमानमा समाज सुहाउँदो चाल चलनहरु कलान्तरमा हानिकारक भएर पनि स्थापित भएका हुन्छन् । धार्मिक मान्यतालाइ आधार मानेर समाजमा छाउपडी प्रथा, जातीय छुवाछुत, बालबिवाह, लैंगिक हिंसा जस्ता परम्परागत हानिकारक अभ्यास कायमै रहेका छन् । यिनै हानिकारक अभ्यासहरु न्यूनिकरणका लागि धार्मिक अगुवाहरु समाजमा अगाडी आउन थालेका छन् ।
यसैक्रममा ,रौतहट, सर्लाही र महोत्तरी जिल्लाका अन्तरधार्मिक संजालका सदस्यहरुका लागि सर्लाहीको मलङ्ग्वामा २ दिने मानव अधिकार र लैङ्गिक सचेतिकरण तालिम सर्लाही जिल्लाको मलंगवामा अवस्थित कुसुम होटेल तथा पार्टी प्यालेसको सभा हलमा भव्यताका साथ् सु-सम्पन्न भएको छ । राष्ट्रिय अन्तरधार्मिक संजाल (निरन ) नेपालको आयिजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा मानब अधिकार र लैंगिक सचेतीकरण तालिम भव्यताका साथ् सु-सम्पन्न भएको छ । उक्त कार्यक्रम डा अबदुर रहिम मिकरानीको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै ,तालिमको प्रशिक्षण मानव अधिकारकर्मी बच्चालाल महतो मानब अधिकार सम्बन्धि प्रकाश पार्नु भएको थियो र महिला मानव अधिकार रक्षक तथा समाजसेवी देव कुमारी महराले प्रकाश पार्नु भएको थियो । कार्यक्रम संयोजक नहिदा बनुको उद्घोष तथा बिभिन्न धर्म गुरुहरुको उपस्थितिमा उक्त कार्यक्रम सु-सम्पन्न भएको हो । दुई दिने मानव अधिकार र लैङ्गकि सचेतिकरण तालिम सम्पन्न भएको छ र राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालको आयोजना र वर्ल्ड भिजनको सहयोगमा दुई दिने तालिम सम्पन्न भएको हो ।
तालिमको प्रशिक्षण मानव अधिकारकर्मी बच्चालाल महतोले मानब अधिकार सम्बन्धि विभिन्न धर्मका अगुवाहरूले एक अर्काको धर्मको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । यसरी एक अर्काका धर्मको अध्ययन गरेर एकले अर्को धर्मका राम्रा पक्षको शिको गर्नुका साथै आफ्ना धर्मका नराम्रा पक्षलाई त्याग्नु पर्ने उहाँले बताउनुभयो । धर्ममा लेखिएका कुराहरुको गलत व्याख्या गरिनुले समाजमा धर्मकै कारण पनि धेरै कुरीतिहरुले सिर्जना भएको बताउँदै कर्मकाण्डलाई कर्मकाण्डका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
तालिममा सिकेका कुराहरु समाजसम्म लैजाने सहभागी धार्मिक अगुवाहरूले बताएका छन् । धार्मिक अगुवाहरुलाइ सामाजिक चेतना विकासको काममा समेत परिचालन गर्न सके समाजमा ब्याप्त परम्परागत हानिकारक अभ्यास न्यूनिकरण गर्न सकिने भएकाले यस्ता कार्यक्रमको आयोजना गरेको निरन नेपालले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय