शव बोकेको बस दुर्घटना हुदा सात जनाको मृत्यु

बुटवल : पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–७ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

दुर्घटनामा सात जना पुरुषको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएका छन्।बसमा ४० जना सवार रहेको खुलेको छ। बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।

घुम्तीमा बस मोडिन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पहिलो पोष्ट बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय