तृतिय स्थान हासिल गरेका नेपाली टाइगर लालबन्दीका बडी विल्डर महतोलाई गृह जिल्लामा सम्मान

मनोज यादव । सर्लाही ,पुस १६ । नेपाली टाइगर उपनामले चिनिने सर्लाहीको लालबन्दी नगरपालिका वडा न-५ निवासी अन्तर्राष्ट्रिय बडी विल्डर्स खेलाडी सुरेन्द्र महतोलाई स्थानियबासीहरुले सम्मान गरेका छन् ।

नेपाली टाइगर महतोलाई नेशनल बडी विल्डिङ युनियन नेपालको तर्फबाट ईन्टरनेशनल वडि विल्डिङ स्पोर्ट प्रतियोगितामा तृतिय स्थान हासिल गरेर विश्वसामु देश र सर्लाही जिल्लाको मान राखेको भन्दै स्थानीयबासीहरुले लालबन्दी वडा न-५ स्थित उहाँकै घरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन।
भारतकाे दिल्लीमा भएको विश्व स्तरिय प्रतियाेगितामा ९ देशका बडी विल्डर्स खेलाडीहरुको सहभागीता रहेकाे थियाे । जसमा महताेले तृतिय स्थान हासिल गरेका थिए ।एसियामा तृतिय स्थान ल्याउन सफल भएका ३७ वर्षीय महताेले विश्वभरकाे प्रतियोगितामा तृतिय स्थान हासिल गरेका हुन ।

विश्वमा तृतिय स्थान हासिल गरेर देशको मान, सम्मान र इज्जत राखेको भएपनि नेपाल सरकार तथा स्थानिय सरकारले कुनै किसिमकाे सहयाेग नगरेकाे महताेले गुनासो गरे ।तर नेपालकाे नाम विश्व सामु चिनाउन पाउँदा आफुलाई धेरै खुसि लागेकाे बताउनु भयाे । उनले सबैको साथ र सहयाेगले आफू सफल भएको बताउदै नेपाल सरकारले खेलाडीहरुको लागि खेल र क्षेत्र अनुसारकाे व्यवस्था गर्नु पर्ने बताए । यसलाई निरन्तरता दिंदै अब आफुले नेपाली खेलाडी तथा खेलक्षेत्रमा लाग्न चाहने युवाहरुलाई अनलाइन मार्फत फ्रि तालिम दिने नेपाली टाइगर महतोले बताए ।

सम्मान ग्रहण गर्दै महतोले करिब १० वर्ष पहिलादेखि नै आफुले जिम गर्दै आएको र मन भित्रैबाट बडी विल्डर बन्ने ईच्छा शक्ति रहेको कारण भारतमा गएर तालिम लिएको बताउदै नेपाल सरकारले सरकारी जिमखानाहरु संचालन गरेर नि:शुल्क रुपमा जिम गर्न पाउने व्यास्था गर्नु पर्ने बताउनु भयाे ।साथीहरू र पारिवारकाे भरपुर सहयाेगका कारण आफू सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।
९ देशकाे सहभागीता रहेकाे सो प्रतियाेगितामा भारतले प्रथम र द्वितीय तथा नेपालले तृतिय स्थान हासिल गरेका थिए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय