राधेश्याम कुशवाहा, ११ पुष सर्लाही ।।
सर्लाहीका १ सय दलित तथा अतिविपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
दलित तथा गरिब बालबालिकाहरलाई शिक्षामा पहुँच बढाउने उदेश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघले सेभ द चिल्ड्रेन संगको साझेदारीमा संचालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत उक्त छात्रवृत्ति वितरण गर्दै आएको छ ।
संस्थाले उक्त छात्रवृत्ति वापतको रुकम प्रत्येक त्रैमासिक रुपमा आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका विद्यार्थीलाई प्रति महिना ४ सय र अति जोखिममा परेका लाई ५ सय, लक्षित वर्गका माध्यमिक तहलाई ५ सय र अति जोखिमलाई ६ सय,
उच्च माध्यमिक तहका लक्षित वर्ग र रोल मोडेल लाई १२ सय तथा अति जोखिमलाई १४ सयस्नातक तह र प्राविधिक तहका रोल मोडेल लाई २ हजार र स्नातोकोत्तर तह रोल मोडेल का विद्यार्थीलाई २५ सय का दरले प्रदान गर्दै आएको नेपाल राष्ट्रिय दलित कल्याण संघका सर्लाही प्रमुख राजेश पासवानले जानकारी दिए ।
सर्लाहीमा संस्थाले वितरण गरेको छात्रवृत्ति रकमबाट अध्ययन गरेका दलित तथा अतिविपन्न परिवारका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा प्रवेश गर्न सफल भएको पासवानले बताए ।
सर्लाहीमा दलित अधिकार क्षेत्रमा क्रियाशिल सामाजिक संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले प्रदान गर्दै आएको छात्रवृत्ति रकमबाट आफुहरुको पढाइ प्रति थप उत्साह, मनोबल बढनुको साथै पठनपाठनमा सहयोग पुगेको दलित तथा अतिविपन्न परिवारका बालबालिकाले बताउछन ।
छात्रवृत्ति बापत प्राप्त रकमबाट शैक्षिक सामाग्री, विद्यालय पोषाक र पाठयपुस्तक खरिद, साधारण विद्यालय र टिउसन शूल्क तिर्न र सरसफाई सामग्री किन्नमा खर्च गर्ने गरेको विद्यार्थीहरुले बताएका छन ।
सर्लाहीका १ सय विद्यार्थीलाई जम्मा २ लाख १५ हजार १ सय रुपैया बराबरको त्रैमासिक छात्रवृत्ति रकम वितरण गरिएको कार्यक्रम अधिकृत पासवानले जानकारी दिए ।
संघको नीति अनुसार विद्यार्थीहरुलाई वितरण गरिदै आएको छात्रवृत्ति रकमको सदुपयोग, शैक्षिक प्रगति, विद्यालय नियमितता, विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा सर्लाहीका विभिन्न विद्यालयहरुमा नियमित अनुगमन र घरभेट गर्दै उनीहरूले अध्ययन गर्दै आएको विद्यालय र घरमै गएर छात्रवृत्ति रकम वितरण गरिएको बताए ।
गरिब, दलित तथा जोखिममा रहेका बालबालिकाहरुलाई शिक्षा पहुँच बढाउने उदेश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघले सेभ द चिल्ड्रेन संगको साझेदारीमा सन १९९२ देखि नेपाल छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आएको छ ।
अप्रिल २०१३ देखि यो समाजिक, आर्थिक विकासका सुचांकमा अत्यन्त कमजोर रहेका तथा शिषेत शैक्षिक सुचांकहरुमा अत्यन्त पछि परेका दलितहरुको जनसंख्या उच्च रहेका तराईका ३ जिल्ला सिरहा, महोतरी र सर्लाही, पहाडका दुई कालिकोट र जाजरकोट गरी ५ जिल्लाहरुमा यो कार्यक्रम संचालन गरिएको छ ।
यो कार्यक्रमबाट गरिब, दलित तथा जोखिमा रहेका बालबालिकाहरुको शिक्षामा पहुँच र निरन्तरता अभिवृद्वि हुनुको साथै पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



