कोभिड संक्रमणको जिखिम सम्बन्धि नागरिक सचेतना अभियान बरहथवा बजारमा सम्पन्न

प्रदीप दास ,रौतहट ।
पौष ०८ गते ,बिहिबार । सर्लाही जिल्लाको बरहथवा नगरपालिका स्थित बजारमा आज कोभिड संक्रमणको जिखिम सम्बन्धि नागरिक सचेतना अभियान भव्यताका साथ् सम्पन्न भएको छ । उक्त कार्यक्रम बरहथवा नगपालिकाको आयोजनामा र सपोर्ट नेपालको सहकार्यमा भव्य रुपमा सम्पन्न भएको छ । हामिले आफु र अरुलाई जोगाउन हामीसंग भएका सबै उपायहरु प्रयोग गर्नु पर्छ भन्ने ब्यानर सहित सचेतना मुलक संदेश दिदै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

 

आज बाजारमा किनमेल गर्न आएका १६५ जना सर्वसाधारण जनताहरुलाइ पल्स अक्सिजन मिटरबाट अक्सिजन लेबल मापन ,तापक्रम जाच गर्नुका साथै सबैलाइ नि:शुल्क मास्क वितरण पनि गरिएको एक सामाजिक अभियन्ताले जनाएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय