बरहथवा बजारमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ भव्यताका साथ् सम्पन्न

प्रदीप दास ,रौतहट |
पौष ०३ गते शनिबार । सर्लाही जिल्लाको बरहथवा नगरपालिकाको बरहथवा बजारमा आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ भव्यताका साथ् सम्पन्न भएको छ । आज मिति २०७८ पौष ३ गते नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता बमोजिम श्रम-रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल ,प्रदेश सरकारको समन्वय ,स्थानीय तहहरु मलंगवा नगरपालिका ,हरिवन नगरपालिका ,बरहथवा नगरपालिका ,र चन्द्र नगर गाउँपालिकाको नेतृत्वमा सामी /हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा बागमती सेवा समाज नेपाल ,सर्लाहीको सहजीकरणमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी)अन्तर्गत बरहथवा नगरपालिकामा अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ को उपलक्ष्यमा माईकिङ्ग र दीप प्रज्जवल कार्यक्रम भव्यताका साथ् सु – सम्पन्न भएको हो । उक्त आप्रवासन दिवस २०२१ कार्यक्रम बरहथवा नगरपालिका वडा नम्बर -५ को वाडा अध्यक्ष संजय प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आरभी उमा भट्टराई ,छोटेलाल साह ,परामर्शकर्ता इन्दु कुमारी साह ,सबिना खड्का ,बित्तिय साक्षरताको राजेन्द्र राय,सब-ईन्जिनियर रोहित कुमार यादव ,सहयोगी प्रमोद कुमार पण्डित ,बरहथवा एफएमका प्रतिनिधि तथा शिलादीप अनलाईन खबरका प्रमुख प्रदीप कुमार दास लगायत शिक्षक ,विद्यार्थी ,बिभिन्न पार्टीका नेता कार्यकर्ता ,सर्वसाधारणहरुको उपस्थितिमा उक्त दिवस भव्यताका साथ् सु – सम्पन्न भएको सामी परियोजनाका प्रमर्शकर्ता ईन्दु कुमारी साह रौनियारले जनाएकी छिन ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय