राधेश्याम कुशवाहा, गोडैता, सर्लाही । सर्लाहीको गोडैतामा मातृभाषा बज्जिका साहित्यकार रामचन्द्र महतोे द्वारा लिखित ३ विद्याको कृतिको एक कार्यक्रम बिच विमोचन गरिएको छ ।
गोडैता नगरपालिकाको आयोजनामा वार्ड न। ३ सिमरा भगवतिपुर स्थित नमुना मावि को सभा हलमा बिज्जिका समाज दर्शन गध संग्रह, बज्जिका समाज दर्पण पध संग्रह र सरकारी विधालय नाटक नामक गरी फरक फरक विद्याका कृतिको नगर प्रमुख देवेन्द्र कुमार यादवद्वारा संयुक्त विमोचन गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक कामदेव रायको स्वागत मन्तव्य र विद्यालयका छात्राहरुले स्वागत गित अर्पण गरेपछि अधिकारिक सुआरम्भ भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख यादवले बैनरमाथि लगाईएको पर्दा हटाई वाचन गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
आफनो तिन वटा पुस्तक विमोचन कार्यक्रममा बोल्दै यस संसारको कुनै भेगमा जातिपाति विशेष कुनै भाषा नरहेको बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहा ले बताउनुभयो । जन्मभूमि, मातापिता र मातृभाषाको संरक्षण, सम्बद्र्वन र सम्मान गर्नु सबै नागरिकको परम नैतिक दायित्व र धर्म रहेका छन । शिक्षण पेसामा आफनो ३८ बर्ष ८ महिना ४ दिनको लामो तितामिठा घटना र संघर्षबाट प्राप्त अनुभवलाई आफनो कृति मार्फत पाठक समझ प्रस्तुत गर्न खोजेको छु, महतो भने । मातृभुमिलाई राष्ट्रियमा पहिचान र प्रचारका लागि स्थानिय वरिपरीका शिर्षक समेत राखिएको छ ।
कोरोना भाईरसको कारण विश्वव्यापी लकडाउनका सारा संसार आक्रान्त भएको बेला मेरो मन मस्तिकमा परिवर्तन आएको र बलरा निवासी पूर्व प्रजिअ कमलेश्वर सिन्हाले गरेको अन्राष्ट्रिय बज्जिका सम्मेलनबाट साहित्यिक क्षेत्रमा थप प्रेरणा र उर्जा प्राप्त भएको महतो ले बताए ।
बज्जिका भाषामा कृति प्रकाशन र विमोचन कार्यक्रमका लागि गोडैता नरपालिकाले गरेको सहयोगका लागि मेयर देवेन्द्र यादव विशेष धन्यवादको पात्र रहेको बताउनुभयो ।
कृति विमोचन समारोहमा वक्ताहरूले बज्जिका भाषाको संरक्षण, सम्बर्द्धन, प्रवर्द्धन, विकास र विस्तारमा साहित्यकार÷कवि रामचन्द्र महतोद्वारा लिखित विभिन्न विधाको कृतिहरू कोशें ढुंगा सावित हुने बताउनु भयो ।
बज्जिका विशेष गरि भारतको विहारका वैशाली, सितामढी, समस्तीपुर, शिवहर, मुजफरपुर, पश्चिमी दरभंगा र पूर्वी पूर्वीचम्पारण र नेपालमा बारा, रौतहट, सर्लाही र महोतरी जिल्लाहरुमा बोलिन्छ, भने
२०६८ को जनगणना अनुसार नेपालमा ७ लाख ९३ हजार ४ सय १८ अर्थात ३५ बज्जिका भाषी रहेको छन । बज्जिका भारोपेली परिवारको भाषा हो । यसको तिरहुत, कैथी बज्जिको मुल लिपी रहेका छन, भने देवनागरिक लिपिमा लेखिन्छ ।
साहित्यकार÷कवि रामचन्द्र महतो कुशवाहाले जीवन साथी स्व। सरस्वती देवी कुशवाहाको ६५ औ वार्षिक पुन्यतिथिको अवसरमा विमोचित कृतिहरू प्रकाशित गरेका हुन ।
विमोचन समारोहमा बज्जिका एफ।एम।रौतहटका दिनेश यादव संगम, बज्जिका भाषा प्रशिक्षक विपिन विहारी सिंह, बज्जिका भाषा अभियन्ता विन्दा सहनी, बज्जिका भाषा प्रशारणकर्त्ता रेवन्त झा, बज्जिका भाषा सहयोगी राधेश्याम यादव, लेखक रामअधार पासमान, साहित्यकार रेणु गुप्ता, कवि संजय साह सुदमा, धर्मनाथ प्रसाद, शिवचन्द्र साह, शिक्षक विनोद कुशवाहा र समाजसेवी प्रदीप नारायण यादवलाई बज्जिका सम्मान–२०७८ र बज्जिका भाषा समाजका अध्यक्ष डा। कमलेश्वर प्रसाद सिन्हालाई बज्जिका महारथी सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।
वडा न. ३ वडाअध्यक्ष विजय प्रसाद यादव को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई नेपाली विषयको शिक्षक विनोद कुशवाहाले संचालन गर्नुभएको थियो ।
नगरप्रमुख देवेन्द्र कुमार यादवको प्रमुख आतिथ्य, डा। कमलेश्वर प्रसाद सिन्हा र समाजसेवी प्रदीप नारायण यादवको विशिष्ट आतिथ्य, गोरखापत्र बज्जिका भाषा पृष्ठ संयोजक संजय साह मिश्र, बज्जिका भाषा अभियानी किसुन दयाल यादव, रामचन्द्र महतो कुशवाहा, रेवन्त झा, समाजसेवी कृष्णकान्त मिश्र, शिक्षाकर्मी गजेन्द्र यादव, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, अभिभावक, , शिक्षक, विधार्थी र संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।



