हेलिकप्टर चार्टर्ड गरेर छोराको विवाह

सर्लाही  –  सर्लाहीको हरिवन नगरपालिकाका झरीलाल यादवले छोराको विवाहमा हेलिकप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् |

हरीवन नगरपालिका – १ भोक्टेनीका यादवले २३ वर्षीय छोरा अरोज यादवको विवाहका लागि हेलिकप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका हुन् । यादवको सर्लाहीको मलंगवास्थित रामवावु यादवकी छोरी गुडि यादव सँग सोमवार विवाह सम्पन्न भएको हो ।
हेलिकप्टरका लागि यादवले रु दुई लाख तिरेर चार्टर्ड गरेका थिए ।

छोराले बिहेमा हेलिकप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा झरीलालले बताए ।

‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, बेहुलाका बुवाले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो ।’
उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए । छोराको बिहेमा हेलिकप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए ।
हिन्दी फिल्ममा हिरो हेलिकप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकप्टर चढ्ने इच्छा जागेको बेहुला अरोज बताए ।
‘हेलिकप्टर चढ्ने इच्छा थियो, बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो,’ उनले भने ।

बेहुला अरोज सर्लाही सदरमुकाम मलंगवा स्थित रेडियो मलंगवाका अध्यक्ष सरोज यादवका भाई हुन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय