अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सरोज यादव | मंसिर १८, सर्लाही | अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई बरहथवा प्रहरीले पक्राउ गरेको छ |
पक्राउ पर्नेमा वसवरीया गा.पा वाड न.- २ का २३ वर्षीय दिलिप सहनी रहेका छन् |

गाउँमै लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख सहित खटिएको प्रहरीको टोलीले उनलाई शनिवार पक्राउ गरेको हो | पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पठाईएको प्रहरीले जनाएको छ |

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय