सभापतिको प्रेस विज्ञप्ति षड्यन्त्रमुलक, कपोकल्पित र झुठो रहेको भन्दै लक्ष्मण रायद्वारा घोर भत्सर्ना

सर्लाही ,मंसिर ३ | नेपाली काग्रेस सर्लाहीका जिल्ला सभापतिले निकालेको प्रेस विज्ञप्ति षड्यन्त्रमुलक, कपोकल्पित र झुठो रहेको भन्दै पुर्व जिल्ला सभापति लक्ष्मण रायले घोर भत्सर्ना गरेको छ ।

आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सम्बन्धमा
मंसिर २ गते पार्टी सभापतिले निकालेको प्रेस विज्ञप्ति झुठो रहेको उल्लेख गर्दै उनले पनि आज(शुक्रवार)दिउँसो मलंगवा स्थित जानकी पार्टी पैलेसमा पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ति मार्फत दु:ख ब्यक्त गरेका हुन ।

पुर्व जिल्ला सभापति रायद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मंसिर २ गतेबाट सर्लाही जिल्ला अन्तर्गतका २० वटै पालिकाको प्रत्येक वडामा अधिवेशन गराउने गरि मिति तोकिएको र सो मितिबाट स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन गर्न दुवै पक्ष बीच सहमती भएकोमा सभापति र सभापति पक्षले पटकपटक निर्वाचन अधिकृत सँग मिलेर सहमती विपरीत विधि-विधान, निर्देशिका र निर्देशनको उलंघन गरि जबर्जस्ती निर्वाचन अधिकृतलाई दबाब र प्रभावमा पारी एकलौटी रुपमा अधिवेशन गराउन बाध्य पारेको आरोप लगाउँदै
सो कार्यको घोर भत्सर्ना गर्न पार्टी कार्यालयमा गएका आम कार्यकर्ताहरुलाई धाकधम्की देखाई जिम्मेवार ब्यक्तिहरुले समेत आफ्नो पदिय मर्यादाको समेत ख्याल नगरी कार्यकर्तालाई हातपात , गालीगलौज देखि अंगरक्षकद्वारा हतियार प्रदर्शन समेत गरी निर्लज्जतापुर्वक कार्य गरेको उल्लेख गरिएको छ ।

जिल्ला सभापति जस्तो गरिमामय पदमा बसेर आफ्ना कार्यकर्तालाई म आफै उनिहरु सँग लड्न भिड्न तयार छु, उनीहरूको दम कति छ भन्ने खालका गैरजिम्मेवारीपुर्ण शब्दको समेत भत्सर्ना गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीको १४ औं महाधिवेशन गर्न गराउन प्रथम पटक केन्द्रीय कार्यालयबाट निर्वाचन गर्न कात्तिक १७ गतेको पत्र लिएर आएका बिनोद कार्कीलाई विधि विधान विपरीत कार्य गर्न बाध्य पारेको र सो कार्य गर्न कार्कीले नमानेपछि कात्तिक २६ गते बाध्य बनाएर राजिनामा गर्न लगाइ पुन:कात्तिक १७ गते नै राजिनामा स्वीकृत हुनुभन्दा ९ दिन अगाडी नै षड्यन्त्र पुर्वक दिवाकर राज पाण्डेलाई निर्वाचन अधिकृत बनाएर धाँधली गरि निर्वाचन जित्ने मनसाय राखेर कार्यकर्ता माथि गरिएको ज्यादतीको निष्पक्ष छानबिन गरि निर्वाचन अधिकृत पाण्डेलाई फिर्ता पठाइ अविलम्ब धाँधली रहित निष्पक्ष र स्वच्छ निर्वाचन गर्न गराउन पुर्व सभापति रायले जारी गरेको प्रेस विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय