प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा चक्रघट्टा गापा प्रथम

एसपी यादव | काठमाडौ, कात्तिक १२ गते | प्रदेश नम्बर २ को राजधानी जनकपुरमा भएको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट कार्य सम्पादन, सेवा प्रवाह र प्रदेश स्तरीय समिक्षामा वार्षिक तथ्यांक र वार्षिक प्रतिवेदनका आधारमा प्रदेशका अन्य पालिकाहरु भन्दा चक्रघट्टा गाउँपालिकाले सबभन्दा बढी अंक प्राप्त गरेको हुनाले प्रथम स्थान हासिल गर्न सफल भएको पालिका अध्यक्ष बिक्रम यादवले जानकारी गराएका छन् ।

प्रथम स्थान हासिल गरेको उपलक्ष्यमा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले पालिका अध्यक्ष यादवलाई सम्मानित गरेका हुन् ।

गोष्ठीमा सहभागी अध्यक्ष यादवले भने, स्वास्थ्यका सम्पूर्ण सुचकहरु राम्रो भएकोले अगामी दिनमा यस पालिकालाई जिल्लाकै नमुना स्वास्थ्य पालिकाको रुपमा घोषणा गर्न आफु लागिपरेको उनले बताए ।

स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा सर्लाहीको चक्रघट्टा गाउँपालिका र सप्तरीको हनुमाननगर नगरपालिकाले प्रथम स्थान हासिल गरेका छन् । भने दोस्रो स्थानमा सर्लाहीकै हरिपुर नगरपालिका र सप्तरीकै कन्चनरुप नगरपालिका रहेको छ । त्यस्तै तेस्रो स्थानमा पुनः सर्लाहीकै गोडैता नगरपालिका र सप्तरीकै बोधे बरसाईन नगरपालिका रहेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आ. व. २०७७/०७८ को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी शुक्रवार जनकपुरको होटेल सिताशरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री मा. नवल किशोर साह, जनकपुर उप- महानगरपालिकाका मेयर लालकिशोर साह, प्रदेश २ का पालिका प्रमुखहरु, कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकार समेतको उपस्थिती रहेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय