राधेश्याम कुशवाहा, २४ असोज रामवन । सर्लाहीको गोडैता नगरपालिकाको सरस्वती विद्यालयमा साईकल वितरण तथा बडादसैंको शूभमाना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गोडैता नपा–५, रामवन स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विधालयमा “मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ“ अभियान अन्तर्गत २३ छात्राहरूलाई साइकल वितरण तथा बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश नं २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहले सामुदायिक विधालयको खस्कदो गुणस्तर उठाउन जनप्रतिनिधिले भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले सामुदायिक विधालयको सर्वाङ्गिण विकासका लागि प्रदेश सरकारले थप नीतिनियम निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने खाँचो औल्याउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नं २ का नेपाली कांग्रेसका प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य माननीय उपेन्द्र प्रसाद कुशवाहाले छोटो समयमा यस विधालयले गरेको सर्वाङ्गिण विकासबाट अरू विधालयले पनि सिक्नु पर्ने बताउनु भयो । उहाँले शिक्षा स्थानीय तह, प्रदेश सरकार र संघको साझा सूचीमा रहेकोले प्रदेश सरकारमा नीति निर्माण हुदाँ सामुदायिक विधालयको गुणस्तर सुधारका लागि स्पष्ट नीति ल्याउन पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र प्रसाद यादवले शिक्षा तीनै तहको साझा सूचीमा रहेकोले अपेक्षाकृत सुधार हुन नसकेको स्वीकार गर्नु भयो ।
कार्यक्रममा बरहथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतोले पटकपटकको आन्दोलनले प्राप्त उपलब्ध रक्षा गर्दै जनअपेक्षा अनुरूप काम गर्ने जिम्मेवारी स्थानीय सरकारमा रहेको भन्दै अब सामुदायिक विधायलको शैक्षिक गुणस्तर सुधारका लागि अरूको दोष लगाउन नमिल्ने बताउनु भयो । उहाँले आफ्नो पालिकामा सामुदायिक विधालयको गुणस्तर सुधारमा जोड दिदै आएको बताउनुभयो ।
कार्यक्रम माथि प्रकाश पार्दै शिक्षाप्रेमी सुनिल कुशवाहाले “मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ“ अभियान अन्तरगत छोरी बीमा कार्यक्रम, एसइइमा उत्कृष्ट अंक ल्याउने आठ जिल्लाबाट उत्कृष्ट ३ वटा छात्रालाई सम्मान र छात्रवृत्ति प्रदान, कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण, विधालयहरूमा महिला मैत्री शौचालय निर्माण, सचेतनामूलक होर्डिङ बोर्ड लगायतका लोकप्रिय कार्यक्रम ल्याएको भएपछि कार्यान्वयन पक्ष फितलो र पक्षपाती रहेको बताउनु भयो । उहाँले मधेशी जनताको रगत र पसिनाबाट प्राप्त संघीयतामा पनि गरिव,असहाय र राज्यको मूलधारमा आउन नसकेका समुदाय अझै बञ्चित रहनु परेकोमा दुःख व्यक्त गर्नु भयो ।
कार्यक्रममा त्यस विधालयमा बालविकास कक्षादेखि कक्षा आठसम्म प्रथम गरेका विधार्थीहरूको मनोबल उच्च बनाउन क्रमशः रूपेश महतो, कृति कुमारी, शिवम कुमार ठाकुर, चन्दन सहनी, निशाल कुमार महतो, आशिष कुशवाहा, सुन्दर कुमारी, अरूण कुमार कुशवाहा, दिलसेद मंसुर, प्रतिभा कुमारी कुशवाहा र मेघा कुमारी कुशवाहालाई मायाको चिनो, खादा,अविर र माला लगाएर सम्मान गरेको छ ।
यसैगरी विधालयले शिक्षाको विसंगति विरूद्ध कलम चलाउने राज्यको चौथो अंग सञ्चारकर्मीहरू बज्कािञ्चल दैनिकका राजु श्रीवास्तव, गोरखापत्र दैनिकका संजय साह मित्र, सर्लाही दैनिकका बन्दना झा, कारोबार दैनिकका राधेश्याम कुशवाहा, उज्यालो अभियान दैनिकका टंक क्षेत्री, मधेश पोष्ट दैनिकका विश्वनाथ ठाकुर र कान्तिपुर दैनिकका संन्तोष सिंहलाई शिक्षा सम्मान–२०७८ ले सम्मानित गरेको छ ।
सोही कार्यक्रममा विधालयले आफ्नो कैचमेन्ट एरिया भित्रका मूलवासी भई देशको विभिन्न स्थानमा शिक्षण पेशामा आवद्ध रही सेवानिवृत गोडैता नगरपालिका–५ निवासी जय नारायण महतो, नन्दलाल महतो, सुरेन्द्र झा, रामएकवाल महतो, धनकौल गापा–१ निवासी काशी मिश्र, किसुन महतो, राजकिशोर झा, शिवाकान्त मिश्र, विणा सिंह, गंगापती मल्लिक गोडैता नगरपालिका–९ निवासी जियालाल राय, राजेन्द्र ठाकुर, सत्यलाल राय र गोडैता नगरपालिका–१० निवासी श्री महतोलाई पनि शिक्षा सम्मान–२०७८ ले सम्मानित गरेको छ ।
त्यस विधालयको सर्वाङ्गण विकासमा भन्दाबढी हाथेमालो गर्ने शिक्षक राधेश्याम कुशवाहा, प्रधानाध्यापक रामप्रकाश महतोलाई पनि शिक्षा सम्मान–२०७८ तथा शिक्षक राजेश कुशवाहा र नृत्य शिक्षक जितु श्रेष्ठलाई मायाको चिनो प्रदान गरेको छ ।
विधालयको तर्फबाट गीत, संगीत र नृत्यमा सहभागी हुने २१ जना छात्रछात्राहरूलाई पनि मायाको चिनो प्रदान गरेको छ ।
विधालयले सर्लाही क्षेत्र नं ४ अन्तरगतका उपस्थित स्थानीय सरकार प्रमुखहरू गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र प्रसाद यादव, बरहथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतो, बसबरिया गाउँपालिकाको अध्यक्ष रामअयोध्या प्रसाद यादव, धनकौल गाउँपालिकाका अध्यक्ष रामश्रय साह, रामनगर गाउँपालिकाका अध्यक्ष नितु देवी यादव, राष्ट्रसेवक रामअधार सिंह कुशवाहा, विशिष्ठ अतिथि उपेन्द्र प्रसाद कुशवाहा र प्रमुख अतिथि वीरेन्द्र प्रसाद सिंहलाई मायाको चिनो र दोसला ओढाएर सम्मानित गरेको छ ।
सोही अवसरमा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तरगत प्राप्त २३ वटा साइकल सम्बन्धित विधार्थीहरूलाई हस्तान्तरण गरिएको थियोे ।
कार्यक्रमलाई थप रोमाञ्चक बनाउन विधालयका संस्थापक एवं बञ्जिका भाषाका अभियन्ता रामचन्द्र महतोद्वारा रचित स्वागत गीत, कुटुमा कुटू सुपारी दाना……, शिरैमा सिरबन्दी…….., माई हो तनी आजै बु……, धोती कुर्ता मधेशीके सान है……, झिझिया गीत लगायतको मौलिकता झल्किने गीतहरूमा नृत्य प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा विधार्थी, शिक्षक, अभिभावक, संञ्चारकर्मी सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि लगायतको व्यापक उपस्थिति रहेको थियो ।



