बाल दिवसको अवसरमा चित्रकला, व्यक्तित्व काला र हाजरी जवाब प्रतियोगिता आयोजना हुने

सर्लाही – नेपाल बाल संगठन सर्लाहीले राष्ट्रिय बाल दिवसको असवर पारेर आयोजना गर्न लागेको विभिन्न प्रतियोगितामा सहभागि हुन जिल्लाभरका बालबालिकाहरुलाई आह्वान गरेको छ ।

दिवसका अवसरमा संगठनले (१) चित्रकला प्रतियोगिता (२) व्यक्तित्व काला प्रतियोगिता र (३) हाजरी जवाब प्रतियोगिता आयोजना गर्न लागेको हो।
चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले कोरोना संक्रमण तथा सावधानीको उपाय झल्कने चित्र कोर्नु पर्दछ प्रतियोगितामा मा दुईटा समुह हुने छ १ कक्षादेखि ५ कक्षासम्म एउटा समूह र ६ कक्षादेखि १० कक्षासम्मको अर्को समुह बनाएर सहभागी गराइने छ भने व्यक्तित्व काला प्रतियोगितामा कोरोना संक्रमण कालमा बालबालिका को अवस्था तथा प्रभाव मा ८ कक्षा देखी १० कक्षा सम्म सहभागी हुने छ।
हाजरी जवाब प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका विद्यार्थी सहभागी हुन पाउने, सहभागी प्रत्येक विधालय बाट १ जना छात्र र १ जना छात्रा अनिवार्य उपस्थित गराउनु पर्ने, २९ गते बिहान ८ बजे बाल मन्दिर को प्रागन मा भेला भई प्रभात फेरी झण्डा उतोलनु र कार्यक्रम गरी पुरस्कार वितरण गर्ने बाल संगठन सर्लाही(बाल मन्दिर मलंगवा) का सभापति शमीम बाबु खान ले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुन इच्छुक बालबालिकाले आफ्नो विद्यालयको सिफारिससहित भदौ २५ गतेभित्र बाल संगठन सर्लाहीमा सम्पर्क राख्नुपर्ने छ भने प्रतियोगित भदौ २७,२८ र २९ गते हुने संगठन कार्यलाय सचिव तथा केन्द्र प्रमुख बजरंग प्रसाद साह जानकारी दिए।
आयोजित प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई शिल्ड र प्रमाणपत्रले सम्मान प्रदान गरिने साथै बाल मन्दिर मलंगवा मा खदान्नय, खेलकुद लगायत का समाग्री सहयोग गर्ने व्यक्ति र संस्था लाई पनि सम्मान पत्र दिई धन्यबाद दिने बाल संगठन सर्लाही ले निर्णय गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय