भारत उत्तराखण्डका पवनदीप राजनलाई इन्डियन आइडल १२ औं सिजनको विजेता घोषणा गरिएको छ। सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् ।१२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो । पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक प्रतिष्पर्धीहरु समेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिताउत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन् । उनका दुई बहिनी पनि छन् ।उनले ५० लाख भारतीय रुपियाँ पनि जितेका थिए ।पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए । उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।




