बर्दिबासबाट गौशाला आउँदै क्रममा पैदल यात्रीको मृत्यु

बर्दिबासबाट गौशाला आउँदै क्रममा पैदल यात्रीको ज्यान गएको छ ।आइतबार राति ८ बजेको समयमा बा ६ च ४६१७ नम्बरको कारले घर नजिकै ठक्कर दिँदा पैदल यात्री महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाालाले जनाएको छ ।मृत्यु भएको व्यक्ति गौशाला नगरपालिका १ बस्ने ५० वर्षीय रामपुकार महतोको घटनास्थलमै मृत्यु भएकोछ। महतोलाई गौशाला नगरपालिका १ सशस्त्र प्रशरी वेशक्याम्प नजिक ठक्कर दिएको थियो । महतोको घटनास्थलमै मृत्यु पश्चात स्थानीयबासिन्दाले कारमा आगजनी गरेका छन् ।महोत्तरीको गौशालामा कारले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ ।

बर्दिबासबाट गौशाला आउँदै गरेको कार पैदल यात्री महतोलाई गौशाला नगरपालिका १ सशस्त्र प्रशरी वेशक्याम्प नजिक ठक्कर दिएको थियो । महतोको घटनास्थलमै मृत्यु पश्चात स्थानीयबासिन्दाले कारमा आगजनी गरेका छन् ।कार चालक गौशाला नगरपालिका १० बस्ने २१ वर्षीय सुदिप मगरलाई प्रहरीले नियन्त्रणमा लिएर यस घटना सम्बन्धि थप अनुसन्धान अगाडी बदाईएको इलाका प्रहरी कार्यालय गौशाालाले जनायो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय